नत छ है स्कुलमा घाम पानी छेक्ने नै छानो
नत छ विद्यार्थीहरुको भोको पेट भर्ने मानो
के गर्ने भ्यूटावरले भोकोपेट भर्ने काम गरेन
झापाको शिवसताक्षी कै विद्यालयकै छैन छानो !
गरिब गरिब एक हौं भनि दिए साम्यवादका नारा
गरिबका छोरा–छोरी पढ्ने स्कुलकै छ यस्तो पारा
सूर्य चिन्नमा नै मतदान गरेर विजयी गराए सारा
के यो स्कुलको छानो हाल्ने हैन तिनको अभिभारा ! ?
सर्पलाई बहत्तर करोडको नै दिन्छौ खान दाना
विद्यालयको छैन घाम पानी नै छेक्ने कुनै छाना
हेप्नेले नै सत्तरी करोड किन पर्यो क्वाप्पै खान
नेपाल सरकारको खै ध्यान दाताले हाल्देला छाना !
सांसद, उपसभामुख, सभामुख र प्रधानमन्त्री पायो
खै त यही जिल्लाको विद्यालयले छानो नै पायो
तीन तहका सरकार नै छन् यो देशमा खै के पायो
विद्यालयको घाम पानी छेक्ने नै छानो कता हरायो ! ?
लैजा चरी हावा सरी यो खवर तुरुन्तै नै पुग्ने गरी
सिंहदरबार, बालकोट, बालुवाटार नै लैजा सरासरी
गरिबका नारा नै दिएर गरिबको पेट मार सधैं भरी
नत तिम्रो गरिबको वादले गरिवलाई छोयो कठैबरी !
झापाको शिवसताक्षी नगरपालिका–५ स्थित बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थी !
लेखक : राजकुमार कार्की (मेचीनगर–१५, झापा)
Discussion about this post