झापा, १९ असोज । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात यही २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजाले पुरानै भाडा कायम गरेर दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए ।
व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।
Discussion about this post