झापा, २५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
बिहीवार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन रहेको छ ।
यता कोशीको मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दावी गरेका छन् ।
प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको जिकिर छ ।
कार्कीले बिहीवार नेपाली कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदको दावी पेश गरेका छन् ।
Discussion about this post