धुलाबारी , २६ असाेज । मेची चेम्बर अफ कमर्सले आयोजना गरेकाे धुलाबारी कृषि तथा पर्यटन महाेत्सव शुक्रबारदेखि सुरू भएको छ ।
महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर ह्दय राजबंशीले गरेका थिए ।
महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए ।
प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा कमाउने भन्दा पनि कृषि तथा पर्यटनकाे व्यापारिक प्रर्वधनमा जाेड दिन आग्रह गरे ।
कार्यक्रममा कार्यवाहक मेयर राजबंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल लगायतले महाेत्सव सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।
महाेत्सव कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवमा कृषि तथा पर्यटनसँग सम्बन्धिका स्टल, राेटेपिङ, बालबालिकाका लागि मनाेरञ्जनका सामाग्रीहरू र राष्ट्रिय तथ स्थानीय कलाकारहरूद्वारा सांस्कृति कार्यक्रम हुने संस्थाका पूर्व अध्यक्ष एवम् महाेत्सव व्यवस्थापन समितिका संयाेजक रविन वस्नेतले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।
आजसाँझ स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने प्रदिप ईन्टरप्राईजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।
उनले भाेलि (शनिवार) चर्चित कलाकार रचना रिमालकाे वेजाेड प्रस्तुति रहने बताए ।
मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रूकमिणा आचार्य पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।
Discussion about this post