मेचीनगर, ३० असोज । मेचीनगर नगरपालिकामा अब मोवाइल शौचालय (ट्याक्टरमा जडित) को सेवा उपलब्ध हुने भएको छ ।
नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगत खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाबाट नगरपालिकाले ट्याक्टरमा जडित मोवाइल शौचालय प्राप्त गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना व्यवस्थापन कार्यालयबाट मेचीनगर नगरपालिकाको प्रयोजनका लागि मोवाइल शौचालय तथा ट्याक्टर सेट (ट्याक्टरमा जडित) सोमबार मेचीनगर आइपुगेको थियो ।
पछिल्लो समय बढ्दो शहरीकरण र सवारी साधान लगायतको अत्याधिक चापले जनघनत्व बढिरहेको छ ।
एक लाख ३३ हजार ७६ जनाको जनसंख्या रहेको नगरपालिकामा मोवाइल शौचालयले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत सहज भएको छ ।
Discussion about this post