रौतहट, १ कात्तिक। नेकपा एमाले छाडेर आम जनता पार्टीमा लागेकी रौतहट स्थित मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ ।
२०७९ वैशाख ३० गतेको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर पदमा निर्वाचित भएकी थिइन् ।
संघिय निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर रिनाकुमारी पनि त्यही दलमा गएकी थिइन् ।
मेयर साहले दल त्याग गरेको भन्दै एमालेले कारवाही गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
त्यही सूचनाका आधारमा आयोगको सोमबार बसेको बैठकले मेयर साहलाई पदमुक्त भएको निर्णय गरेको छ ।
मेयर साहले आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवाद गर्ने प्रतिक्रिया दिएकी छन् ।
Discussion about this post