मेचीनगर, १ कात्तिक । मेचीनगर–१२, धाइजन स्थित रितिका डेरी उद्योगका कर्मचारी परिवारले मिल्क रिसिभर सुर्यप्रसाद पन्तको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुई लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सो रकम बराबरको चेक डेरीका संस्थापक घनश्याम चिमरिया र कमला चिमरियाले पन्तका परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए ।
मेचीनगर–११ निवासी ३८ वर्षीय पन्तको यहि असोज २४ गते क्यान्सर रोगका कारण निधन भएको थियो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनका श्रीमती र दुई जना छोरीहरु छन् ।
स्व.पन्त डेरीमा मिल्क रिसिभरका रुपमा विगत २० वर्षदेखि कर्मचारीका रुपमा कार्यरत थिए । डेरीका सेल्समेन सुनिल चौहानले मृतक पन्तको योगदानका बारेमा चर्चा गरेका थिए ।
सोही अवसरमा उद्योगका मेनेजर योगेन्द्र चिमरियाले स्व.पन्तका परिवारलाई आगामी १० वर्षसम्म पारिवारिक खर्च स्वरुप मासिक १० हजार दिने घोषणा समेत गरेका थिए ।
उद्योगका कर्मचारीहरु तथा बजार हेर्ने एक कुशल र इमानदार कर्मचारी गुमाउँनु पर्दा दुःख लागेको डेरीका सञ्चालक राजन चिमरियाले बताए ।
Discussion about this post