२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेपाली चाड पर्वहरुलाई महत्व दिनुपर्छ : ओली

कार्तिक ३, २०८०, १:५८ .शुक्रबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरुले विदेशी चाँड पर्वलाई भन्दा आफ्नो मौलिक र ऐतिहासिक चाड पर्वहरुलाई महत्वपूर्ण मान्नु पर्ने बताएका छन् ।

आज बिर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टरमा एमाले झापा पार्टीको सहजिकरणमा गरिएको बडादशैँ, तिहार, नेपाल सम्बत्, छठ लगायतका पर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले विदेशी चाडलाई भन्दा नेपाली चाडपर्वहरुलाई महत्व दिन आग्रह गरे ।

‘नेपाली चाड पर्वहरु त्यतिकै बनेका होइनन्’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने–‘यसका ऐतिहासिक परम्परा, महत्वलाई बुझ्नु पर्छ । कुनैपनि युद्व गर्दा पहिला दुःख हुन्छ । युद्व जितपछि जति खुसी हुइन्छ । विजयी उत्सव मनाईन्छ । यो पर्व पनि त्यस्तै हो । चाड पर्वहरुलाई उत्सवको रुपमा मनाउनु पर्छ ।’

‘यस्तो चाडपर्वले देशमा समृद्वि प्राप्त होस् । जुनसुकै आस्था बोकेका नागरिकहरुलाई बडादशौको अवसरमा शुभकामना व्यक्त गर्न चाहान्छु । समृद्व नेपाल, सुखी नेपाली राष्ट्रका लागि आवश्यक छ’, उनले भने ।

सरकारले एकता र सदभाव भड्कायो : उपाध्यक्ष पौडेल

कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सरकारले लोकतन्त्रमा खलल पुर्याएको बताए । उनका अनुसार देश संकटमा फसेको छ । बजारमा महंगी अचाक्ली बढेको छ । अर्थतन्त्र डमाडोल पारिएको छ ।

उपाध्यक्ष पौडेलले एकता र सदभाव भड्काउने विखण्डनकारीहरु(गठबन्धन)सँग जुध्न सबै एकजुट हुन जरुरी रहेको बताए । उनले बडादशैँको अवसरमा राष्ट्रलाई समृद्व बनाउन पहिलो क्रान्तिको विगुल फुक्ने जिल्ला झापाले देशभरी एकताको सन्देश फैलाउन मद्दत पुगोस् भन्ने कामना गरेका छन् ।

एकता आवश्यक छ : कांग्रेस, माओवादी र राप्रपा

कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष पौडेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मशिला चापागाई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा अध्यक्ष केशवप्रसाद ओझा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, वीएण्डसी अस्पतालका प्रमुख डाक्टर रामबाबु गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ओली प्रधानमन्त्री भए सम्बन्धन पाउने आशा छ : डा.गिरी

कार्यक्रममा डा.गिरीले वीएण्डसी अस्पताल टुहुरो जस्तै भएको बताए । उनले अहिलेसम्म अस्पतालले सम्बन्धन नपाएकोमा गुनासो गरे । उनले ठुलो लगानी र पूर्वाधार पुगेको अस्पताललाई सम्बन्धन नदिनु चिन्ताको विषय भएको बताए । उनले ओलीले अस्पताल अब टुहुरो नहुने आश्वसन दिएको बताए । ओली अब प्रधानमन्त्री बने अस्पतालले सम्बन्धन पाउने आशा रहेको डा. गिरीको भनाई छ ।

कलाकार राई र जग्गादाता सम्मानित

सो अवसरमा कलाकारहरु प्रितम राई, पवित्रा ओली, श्रेय ढकाल, खलिबाहरुले गीत तथा नित्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओलीले झापा पार्टीलाई १० कठ्ठा जग्गा दान दिने डिल्ली सिटौला दम्पति र ‘मेरो भ्वाइस युनिभर्स’को प्रतियोगितामा एक करोड रुपैयाँ पुरस्कार जित्न सफल भारतका प्रितम राईलाई सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन एमाले झापाका अध्यक्ष दीपक कार्की र सचिव शिव ढुंगेलले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

मुख्यमन्त्री कार्कीले भने– ‘कोशीमा सहमतीय सरकार बन्छ’

अघिल्लो समाचार

उपाधि झापा–११ एफसीलाई

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.