मेचीनगर, ४ कात्तिक । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चाडपर्व २०८० को अवसरमा प्रेस क्लब मेचीनगरले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
शुक्रबार क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
शुभकामना कार्यक्रममा अग्रज पत्रकारहरुले चाडपर्वले सबैमा सकारात्मक उर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनीहरुले सञ्चारमाध्यमलाई स्थानीय सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरे ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले स्थानीय सरकारको तर्फबाट चाहेजति सहयोग गर्न नसकिएको बताए । उनले सरकारका सकारात्मक गतिविधिलाई समेत नगरवासीसमक्ष पुर्याउन आग्रह गरे ।
उनले नगरका सञ्चारमाध्यमलाई वडाको तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ओली, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षद्वय ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईं, नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
Discussion about this post