५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘तिम्रा केशराशी’ म्यूजिक भिडियो सार्वजनिक

कार्तिक ५, २०८०, ६:३० .आइतवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ कात्तिक । गजलकार एवम् शिक्षक जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशी’ रिलिज भएको छ ।

मेचीनगर–८ स्थित आदर्श माविको स्रोत केन्द्र भवनमा शनिबार आयोजित एक कार्यक्रमकाबीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगितकार अधिकारी, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, वरिष्ठ संगित प्रशिक्षक कृष्ण योञ्जन, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका उपाध्यक्ष पुण्य सुवेदी, शनिश्चरे माविका प्रधानाध्यापक विनोदकुमार गौतम, नेपाल शिक्षक महासंघ झापाका सचिव तथा शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल (भास्कर), मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शश्चिरे मावि अर्जुनधारा झापामा विज्ञान शिक्षकको रुपमा कार्यरत धिताल साहित्य चौतारी झापाका सदस्य समेत हुन् ।

सोही अवसरमा गजलकार तथा सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता दिलीप घिमिरे, क्षितिज साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, आदर्श माविकी शिक्षक प्रतिमा चापागाईं, साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकार, देवीभक्त श्रेष्ठ लगायतले साहित्यक तथा सांगितिक प्रस्तुति दिएका थिए ।

म्यूजिक भिडियोमा मोडल उर्मिला योञ्जनले अभिनय गरेकी छिन् । भिडियोको छायांकन मेचीनगरका पर्यटकीय क्षेत्रमा गरिएको छ । गजल ऐडी म्यूजिक स्टुडियो काँकरभिट्टा तथा प्रज्ञा स्टुडियो काठमाडौंमा संयुक्तरुपमा रेकर्ड गरिएको छ । ध्रुव शर्माले एरेञ्ज गरेको गजलका मिक्स मास्टर शम्भू तन्डुकार रहेका छन् । भिडियो छायांकन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।

साहित्य चौतारी झापाको सहआयोजनामा सम्पन्न विमोचन समारोहमा गायक धितालका पुजनीय पिता गणेशप्रसाद धिताललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ समालोचक तथा आख्यानकार राजेन्द्र संग्रौला, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी, संगीत प्रशिक्षकहरु मणि वर्देवा, भरत मैनाली, क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराई, गायक अर्जुन दाहाल, सामाजिक व्यक्तित्व राम मगरलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रेस क्लब मेचीनगरका उपाध्यक्ष जीआर धितालले सञ्चालन गरेको कायक्रमको स्वागत तथा कार्यक्रम बारेमा गायक जीवन धितालले प्रकाश पारेका थिए । गजलमा शब्द गायक धिताल आफैको रहेको छ भने संगीत जीवन अधिकारीले भरेका हुन् ।

पछिल्लो समाचार

शुभ रहोस् बडादसैं

अघिल्लो समाचार

पूर्व विद्यार्थी समाजको अध्यक्षमा प्रधान

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.