झापा, १० कात्तिक । सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ ।
दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको महासघले जनाउको छ ।
दशैं अघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनेको हो ।
शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि चाँदीको मूल्य त्यहि नै छ ।
Discussion about this post