मेचीनगर, १० कात्तिक । चर्चित गायिका एलिना चौहानले विहीबार मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आधा दर्जन गीत प्रस्तुती गरेकी थिइन् ।
रातिको चिसो मौसमको पनि प्रवाह नगरी उपस्थित भएका सयौँ दर्शकहरुकोबीच एलिनाले राम्रा–राम्रा गीतहरु प्रस्तुती गरेकी थिइन् ।
पछिल्लो समय युवा पुस्ताहरुबीच चर्चित बनेकी गायिका एलिनाको प्रस्तुती हेर्नलाई रातको चिसो मौसमको पनि प्रवाह नगरी आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।
एलिना स्टेजमा चढ्ने वित्तिकै धोकेबाज हौँ तिमी बोलको गीत गाउँदा सयौँ दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । गीतसँगै उफ्रिएका, नाच्न कस्सिएका दर्शकहरुको होहल्ला शान्त पार्न आयोजक र प्रहरीलाई हम्मे–हम्मे समेत परेको थियो ।
एलिनाले धोकेबाज हौँ तिमी लगायतका आधा दर्जन गीतहरु गाएकी थिइन् । समान्य खोकीका कारण उनको गला भासिएको थियो । तर, पनि गीत गाउँन छाडिनन् ।
आज महोत्सवको १५ औं दिन गायक महेश काफ्लेको प्रस्तुती रहने मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए ।
मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको कोलेनीमा जारी ‘कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’को शनिबार १५ औं दिन हो ।
गत असोज २६ गतेदेखि सुरु धुलाबारी महोत्सव कात्तिक १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । २१ दिनसम्म सञ्चालन हुने धुलाबारी महोत्सवको दोस्रो पटक आयोजना मेची चेम्बर अफ कमर्सले गरेको हो ।
Discussion about this post