काँकरभिट्टा, १५ कात्तिक । मेचीनगर–५ स्थित सीमा नाकाबाट भन्सार छलेर अवैध रुपमा नेपाल भित्राउँदै गरेको चार लाख ५० हजार बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
सोमबार राति साढे सात वजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको टोलीले उलनको सर्ट ९३ पिस, जम्पर (हुडी) ११७ पिस र भेष्ट १४ पिस कपडा बरामद गरेको हो ।
बरामद कपडाको चार लाख ५० हजार मुल्य राखि आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
Discussion about this post