झापा, २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ उनले भने । उनले सरकारको काम कारवाही र परिस्थिति हेरेर निर्णय गर्ने बताए ।
Discussion about this post