झापा, २० कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग स्वरुप पठाउने भएको छ ।
पालिकको आज बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । जिल्लामै पहिलोपटक सहयोग स्वरुप भूकम्प प्रभावित क्षेत्रमा रकम पठाउने निर्णय गर्ने बिर्तामोड पहिलो पालिका हो ।
नगरपालिकाको विपद व्यवस्थापन कोषबाट ५ लाख पठाउने निर्णय गरिएको बिर्तामोडकी मेयर पवित्रादेवी महतरा प्रसाईले बताइन् ।
उनले भूकम्पका कारण सर्वस्व गुमाउन पुगेका पीडितहरुलाई राहत पुग्ने उद्देश्यले पठाउन लागेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइन् ।
मेयर महतराले नगर क्षेत्र भित्रका सम्पूर्ण संघ–संस्थाहरुलाई समेत सहयोग संकलन गरी एकद्वार प्रणाली मार्फत पठाउन अपील गरेकी छिन् ।
Discussion about this post