मेचीनगर, २३ कात्तिक । आज सम्पन्न नेपाली काँग्रेसको महासमिति सदस्य मतदानमा ९२ दशमलव ४२ प्रतिशत मत खसेको छ ।
विहीबार धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसिज प्रतिष्ठान (टाउन हल) मा सम्पन्न झापा क्षेत्र नं.१ को महासमिति सदस्य निर्वाचनमा ६०७ प्रतिनिधि सदस्य मध्ये ५६१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक चन्द्रशेखर गुरागाईले बताए ।
उनका अनुसार आज सम्पन्न मतदानमा ५६१ जना अर्थात ९२ दशमलव ४२ प्रतिशत मत खसेको छ ।
१० जना महासमिति सदस्य पदका लागि १९ जना चुनावी मैदानमा छन् । आज विहान ८ वजेदेखि सुरु मतदान दिउँसो २ बजे सकिएको थियो ।
मतगणना दिउँसो ३ वजेदेखि सुरु भएको संयोजक गुरागाईले बताए ।
Discussion about this post