२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फाउण्डेशनको वार्षिकोत्सव

पटका पड्काउनेलाई तुरुन्त पक्राउ गर्नु : मेयर बुढाथोकी

कार्तिक २४, २०८०, ११:५७ .शुक्रबार
0
0
0
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ कात्तिक । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले समाजलाई आतंक पार्ने गरी पटका पड्काउनेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताएका छन् ।

आज मेचीनगर–१५ स्थित खवासवारीमा आयोजित रण–खड्ग खवास फाउण्डेशनको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बुढाथोकीले नेपालीहरुको अर्को महान चाड तिहार सव्य र भव्यरुपमा मनाउन आग्रह गरेका छन् । यदि हिंसात्मक तरिकाले चाड मनाउने प्रयास गरे प्रहरीले पक्राउ गरी कारवाही गर्ने बताए ।

‘समाजमा आतंक फैलाउने बम जस्तो गरी पटका पडकाउँन पाइदैन’, मेयर बुढाथोकीले भने–‘पटका पड्काउनेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई जानकारी गराएको छु ।’

विकृति विसंगती विरुद्ध नगरपालिका विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै बुढाथोकीले संविधानभित्र रहेर विधीको शासन चलाउन शासक बन्न पनिपछि नपर्ने दावी गरे ।

मेयर बुढाथोकीले चुढिदैँ गएको सम्बन्ध र संस्कारलाई चुढिन नदिन भुइमान्छेहरु खोजेर गरिएको सम्मान स्मरण योग्य हुने बताए ।

कार्यक्रममा फाउण्डेशनले ३ जना व्यक्तित्व र एउटा संस्थालाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा मेचीनगर–१५ का विष्णुबहादुर राना, सानै उमेरदेखि ढाकीमा सब्जी बेचेर परिवार पालेकी खारखोरी राजबंशी, वि.स.२०२४ सालमा ज्यामिरगढीमा अनिवार्य पाठशाला हुँदाका मेचीनगर–७ प्यारिभिट्टा निवासी प्रधानाध्यापक जय प्रधान रहेका छन् ।

त्यस्तै संस्थाको रुपमा १२ जना नेत्रहिन विद्यार्थीलाई अध्ययन गराउँदै आएको बिर्तामोड–९ को दुर्गा माविलाई सम्मान गरिएको छ । विद्यालयको तर्फबाट शिक्षक धमेन्द्र भट्टराईले सम्मान ग्रहण गरेका थिए । उनीहरु सबैलाई जनही ११ हजार नगद राशिसहित सम्मान गरिएको छ । यसैगरी साहित्यकार मात्रिका संग्रौलालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, ब्रह्मकुमारी राजयोग धुलाबारी केन्द्रकी अनिषा, समाजसेवीहरु हरिचरण बानियाँ, देविका खवास, साहित्यकार पुन्यप्रसाद खरेल, मात्रिका संग्रौला लगायतले फाउण्डेशनको प्रंशसा गर्दै पश्चिमा मुलुकको परम्परा तोडेर नेपाली संस्कृतिलाई जोगाई राख्न सुझाएका थिए ।

सो फाउण्डेशनको संरक्षकमा चन्द्रमाया खवास छिन् ।

रण–खड्ग खवास फाउण्डेशनका अध्यक्ष भिम खवासको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको स्वागत शोभा खवासले र सञ्चालन शिला खवासले गरेकी थिइन् ।

 

 

पछिल्लो समाचार

झापा–१ बाट ११ जना कांग्रेस महासमिति सदस्य निर्वाचित

अघिल्लो समाचार

पटका पड्काउनेलाई खोज्दै प्रहरी

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.