मेचीनगर, २५ कात्तिक । ईटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम स्थापना भएको छ ।
मेचीनगर–७ स्थित इटाभट्टा चोक नजिकै फर्निचर उद्योगको सोरुम सञ्चालनमा आएको हो ।
स्थानीय सोम खनालको घरको कोठा भाडामा लिएर फर्निचर उद्योगको सोरुम शुक्रवारदेखि स्थापना गरिएको सञ्चालक कञ्चन बरालले जानकारी दिए ।
उद्घाटनको अवसरमा फर्निचरका विभिन्न प्रकारका सामानमा विषेश छुटको व्यवस्था गरिएको उनले बताए ।
सो सोरुमको फर्निचर उद्योग ७ वर्षदेखि मेचीनगर–७ स्थित सतिघट्टामा सञ्चालनमा रहेको छ । यसअघि फर्निचरका विभिन्न प्रकारका सामानहरु उद्योगबाटै उत्पादन तथा बिक्री वितरण भइरहेको अर्का सञ्चालक हरि संग्रौलाले बताए ।
सञ्चालक बराल समाजसेवी एवम् व्यवसायी हुन् । बराल नेपाली कांग्रेस मेचीनगर–७ का वडा सभापति पनि हुन् ।
Discussion about this post