मेचीनगर, २६ कात्तिक । काँकरभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्म जयन्ती भव्यताका साथ मनाइएको छ ।
देवकोटा पार्क व्यवस्थापन समितिले आज काँकरभिट्टामा महाकवि देवकोटाको जन्मोत्सव भव्य रुपमा मनाइएको हो ।
कार्यक्रममा प्रा.डा.गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उनले व्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनी लगायत अतिथिहरुले देवकोटाको पूर्णकदको शालिकमा माल्यापर्ण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अधिकारी, संविधान सभासदस्य रविन कोइराला, कोशी प्रदेश सभा सदस्यद्वय गोपाल तामाङ, सबिना बजगाई, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरे, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, राप्रपाका नगर उपाध्यक्ष होम विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका झापा सभापति उमेश खरेल लगायतका वक्ताहरुले महाकवि देवकोटाको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्राज्ञसभा सदस्य शेर्माले महाकवि देवकोटाको बारेमा मन्थन गर्दै उनले एउटा ‘थिङ्ग ट्याङ्ग’ पनि रहेको बताए ।
कार्यक्रममा साहित्यकारहरु तुलसीप्रसाद भट्टराई, मीना अधिकारी, हरिनारायण भट्टराई, दुर्गाप्रसाद सिग्देल, कनक कार्की, मात्रिका संग्रौला लगायतले कविता र गजल बाचन गरेका थिए ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेलले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए ।
देवकोटा पार्क व्यवस्थापनका कार्यक्रम संयोजक बालकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रविण बानियाँले र सञ्चालन सचिव शेखर थापा काजीले गरेका थिए ।
Discussion about this post