झापा, २५ कात्तिक । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा रमेश तिवारी सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार बिर्तामोडमा भएको भेलाले संघको तदर्थ समिति गठन गरेको हो । पत्रकार तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण बान्तवा, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल छन् ।
चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघका केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत रमेश तिवारीले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश प्रदेश अध्यक्ष बस्नेतले पारेका थिए ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बलामी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका केन्द्रीय सदस्य मिजास पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नयाँ गठित समितिलाई संघका केन्द्रीय अध्यक्ष बलामीले सपथ ग्रहण गराए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, केन्द्रीय सदस्य कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । सो समितिले ६ महिना भित्रमा साधारण सभा गर्नुपर्ने छ ।
Discussion about this post