२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गाउँलेको उदाहरणीय कार्य

पत्रकार बानियाँको समाचारले वस्नेत दाजु–भाइ नयाँ घरमा

कार्तिक २७, २०८०, ९:५८ .सोमवार
0
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ कात्तिक । पत्रकार देबु बानियाँले गत भदौमा लेखेको ‘बर्खा लागेपछि चिउरा खाएर रात काट्छन दाजु–भाइ’ शिर्षकको समाचारले धेरैको मन खिचेको थियो ।

मेचीनगर–३ स्थित दोकान डाँडाका छत्रबहादुर बस्नेत (ठूले) र प्रदिप बस्नेतको पानी पर्न थालेपछि टिन चुहिने भएर पानी घरभित्र पस्ने गरेकाले उनीहरुलाई खान–बस्न समस्या थियो ।

बुबा–आमाको पहिले नै निधन भएको र उक्त घरमा दुई दाजु–भाइ मात्र बस्दै आएका थिए । दुबै दाजु–भाइ सुष्त छन् ।

वस्नेत परिवारको विचल्ली देखेर पत्रकार एवम् शिक्षक बानियाँले सो विषयमा समाचार लेखेका थिए । पत्रकार बानियाँ त्यहि वडाका स्थानीय पनि हुन् । त्यो शिर्षकको समाचारले स्थानीय तथा देश–विदेशमा रहेका युवाहरुले घर निर्माणमा सहयोग गर्ने पहल गरे ।

स्थानीय नव ज्योति युवा क्लब, दोकानडाडा र बाहुनडाँगी जेसिजका युवा तथा समाजसेवीहरुको पहलमा वस्नेत दाजु–भाइको घर निर्माण गर्न सुरु गरिएको थियो ।

नव ज्योति युवा क्लबका अध्यक्ष एवम् घर निर्माण समितिका संयोजक सुमन थापाको नेतृत्वमा गत भदौ महिनामा वस्नेत दाजु–भाइको घर निर्माणको पहल भयो ।

वस्नेत दाजु–भाइ नै बसिरहेको टिन चुहिने छाना र टाडीको बेरा हटाएर सोही जग्गामा घर बनाउने गरी भदौ दोस्रो साता गाउँकै स्थानीय ज्येष्ठ नागरिक पञ्चविर राई र धनकुमारी रायाले संयुक्त रुपमा शिल्यान्यास गरे ।

ज्येष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ स्थानीय गाउँले, देश–विदेशमा रहेका युवा तथा विभिन्न समाजसेवीहरुले घर निर्माणमा सहयोग गरेका छन् ।

सिमेन्ट र ईटाले बनेको तीन कोठे घरको छानामा ट्रष्ट लगाइएको छ  । गत भदौ १६ गते बनाउन सुरु गरिएको घरमा आज एक कार्यक्रमकाबीच बाजा गाजासहित वस्नेत दाजु–भाइलाई नयाँ कपडा लगाएर घरमा भित्राइएको छ ।

घर निर्माणका लागि हालसम्म ६ लाख ५० हजार खर्च भइसकेको घर निर्माण समितिका सचिव देबु बानियाँले जानकारी दिए । घरमा विद्युत जडानको काम भइरहेको छ भने पानीको धारा, शौचालय र रंगरोगनको काम बाँकी रहेको उनले बताए । आगामी मंसिर ८ गतेभित्र घर निर्माणको सबै काम सकिने उनको भनाई छ ।

कार्यक्रममा मेचीनगर–४ का पूर्व वडाध्यक्ष एवम् बाहुनडाँगी जेसिजका संस्थापक अध्यक्ष नविन बराल, मेचीनगर–१० का वडा सदस्य एवम् हरि हलेसी मेडिकलका सञ्चालक सम ओझा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

घर निर्माण समितिका कोषाध्यक्ष प्रमेश थापाले स्वागत मन्तव्य राख्दै सबैको सहयोगले वस्नेत दाजु–भाइलाई नयाँ घरमा भित्राउन पाइएकोमा हामीसबै खुशीको पात्र बनेको बताए ।

‘वर्खाको बेलामा पुरानो टिनको छानोबाट पानी चुहिएर सिरक–डस्ना भिजेको त्यो अवस्था सम्झिदा दुःख लाग्छ’, वस्नेत दाजु–भाइले भने–‘अहिले सबैको सहयोगमा यतिको घर बनिन्छ भन्ने सोचेका पनि थिएनौँ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्णमाह्दयदेखि दशहात जोडेर नमन गर्दछौँ ।’

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

कोशी प्रदेशमा सत्ता गठबन्धनबीच बाँडफाँड

अघिल्लो समाचार

नेपालमा टिकटक बन्द, सरकारको सर्वत विरोध

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.