झापा, २८ कात्तिक । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । त्यसको सर्वत विरोध भइरहेको छ ।
सत्ता गठबनधनका नेताहरुले समेत सो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको गर्यो ।
टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।
टिकटक बन्द गराउने निर्णय विरुद्ध सत्ता गठबन्धन र अन्य दलका वरिष्ठ नेताहरुले समेत आक्रोस पोखेका छन् । टिकटक बन्द गराउनु अध्यारो युगतर्फ फर्किनु हो भनेका छन् ।
कांग्रेसका नेता शेखर कोइराला, गगन थापा, एमालेका शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका अध्यक्ष रवि लामिछाने, एसका पत्रकार संगठन लगायतले टिकटक बन्दको विरोध गरेका छन् ।
सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई नेताहरुले आग्रह गरेका छन् ।
Discussion about this post