बिर्तामोड, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाकाे एउटा विद्यालयमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
शनिबार बिर्तामोड-१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।
कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारी स्थित होटल मेची क्राउनबाट नारावाजी र र्यालीसहित बिर्तामोडकाे कार्यक्रमस्थलमा ल्याइएको थियो ।
राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई बिर्तामोडसम्म ल्याएका थिए ।
बिर्तामोडकाे भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए ।
शालिक अनावरणपछि शाहले केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन गरेर निस्किएका थिए । शाहले भने कार्यक्रममा सम्बोधन गरेनन् ।
Discussion about this post