धुलाबारी , ११ मंसिर । मेचीनगर-१५ स्थित ज्यामिरगढीकी २७ बर्षिया संजिता राजवंशीलाई ओमन देशबाट उद्धार गरेर घर ल्याइएकाे छ ।
दशैंअघि मात्र ओमान देश गएकी थिइन् l उनी त्यहाँ व्युटिपार्लरमा काम गरेरहेकी थिइन । उनी विवाहित महिला हुन् ।
मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन)ले करिव दुईलाख ५० हजारमा २ वर्षका लागि काठमाडौंकाे स्काईब्लु मार्फत ओमन गएकाे बताए ।
उनलेे त्यहाँ मेनपावरले भने अनुसारकै काम पाएकी थिइन् तर, काम गर्ने ठाउँमा उनी असुरक्षित भएको महसुस भएपछि घर ल्याउने वातावरण बनाइदिएकाे नेपाली कांग्रेसका महामन्त्री एवम् संघिय सांसद विश्वप्रकाश शर्माले जानकारी दिए ।
मंसिर ५ गते संजितालाई त्यहाँ कुनै पनि महिलाले सहन नसक्ने प्रकृतिको दुव्र्यवहार शुरु भएपछि साे घट्नाका विषयमा परिवार र वडाध्यक्ष भट्टराईले सांसद शर्मालाई उद्धार गरिदिन अनुराेध गरेका थिए ।
त्यस लगत्तै ओमानबाट उनलाई उद्वार गरेर नेपाल ल्याउने प्रक्रिया शर्माले शुरु गरे ।
शर्माकै पहलमा तत्कालै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक मदन दहाल र ओमान स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराइएकाे थियाे ।
मंसिर ६ गते दूतावासका श्रम सहचारीद्वारा राजवंशीको स्थितिको विषयमा विवरण संकलन गरिएको थियाे ।
मंसिर ७ गते ओमान सरकारसँगको समन्वयमा संजितालाई उद्वार गरेर नेपाली दूतावास ल्याइएकाे थियाे । नेपाल फर्काउन उनको सम्पूर्ण डकुमेन्ट तयार गरिएकाे थियाे ।
मंसिर ८ गते नेपाल फर्किने टिकट प्रबन्ध गरेर त्यहि दिन राती नै संजितालाई कुवेत ट्रान्जिट हुँदै काठमाडौँका लागि उडाइएकाे थियाे ।
शर्माका अनुसार संजिता मंसिर ९ गते काठमाडौँ आइपुगिन । उनी मंसिर १० गते घर आइपुगेकि थिइन् । उनी दुतावासकाे सहयाेगमा नि:शुल्क नेपाल आइपुगेकाे सांसद शर्माकाे भनाई छ ।
Discussion about this post