१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, १:१९ .बिहिबार
0
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ मंसिर ।  मेचीनगर-१२ सहरेडाँगी स्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा आयोजना गरिन लागिएकाे महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ ।

शुक्रबारदेखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुले पुराण अघि नै १५ लाख बढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ ।

सार्वजनिक मन्दिरको चौतर्फी विकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महापुराणमा प्रमुख अतिथि रुपमा संघीय सांसद एवम् उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक समितिका अध्यक्ष तीलकप्रसाद गिरीले जानकारी दिए ।

चारआली, बुधबारे चोक र शहरेडाँगीमा मुल प्रवेशद्वार गेट निर्माण गरिएर सिङगारिएको छ । प्रत्येक चोक-टोलमा ब्यानरसहित माइकिङ्ग प्रचारप्रसारलाई तीब्र बनाइएको छ ।

महापुराणका लागि ३ हजार भन्दा बढी आगन्तुक अटाउने पण्डाल स्थलसहित कथा बाचिकासहितको टिमलाई सिंहाशनको ब्यवस्थापन गरिएको छ ।

सांस्कृतिक र विभिन्न जातजातीको पहिचान झल्काउने झाँकी, पञ्चे बाजासहित १ सय ८ थान कलशयात्रा गरिने छ । चारआली स्थित पाउँ पाथीभरा मन्दिरसम्म कलश यात्राको तयारी गरिएको छ ।

स्वागतका लागि ब्यवस्थापन टिम, प्रसादको  ब्यवस्थापन, प्राबिधिक ब्यवस्थापन, आर्थिक समन्वयका लागि ब्यवस्थापन लगायतको ब्यवस्थापन लागि २१ वटा उपसमितिले निरन्तर जुटेर तयारी पूरा गरिएको सचिव प्रेमराज घिमिरेले बताए ।

आन्तरिक तथा बाहृय पर्यटकलाई बढवा दिने उद्देश्यले बिर्सिदै गएको नृत्यकर्म, धार्मिक अनुसाशन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, जेष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामाग्री, बाजागाजाको ब्यवस्थापन गर्न, चारआली र बुधबारेमा ब्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै बिवाह , ब्रतबन्ध, पार्टीका लागि ब्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा सञ्चालनलाई ब्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको उनले बताए।

उक्त मन्दिरलाई धाम र सामाजिक कर्मका लागि तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्म अनुरागीलाई चर्चित कथा बाचिका राधिका दासीको बाहुँलीबाट सम्मान एवम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए ।

महायज्ञबाट १ करोड बढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मुल ब्यवस्थापन समितिको छ ।

स्थानीय मेचीनगर-१२ का रबिन्द्र-गंगादेवी र लक्ष्मी प्रसाईंले २०७२ सालमा दान गरेको २ कट्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए ।

हालसम्म दाताले जग्गा थपिदिएपछि करिव ५ कट्ठा भन्दा बढी जग्गा मन्दिरको नाउँमा आइसकेको सञ्चालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईले जानकारी दिए ।

पछिल्लो समाचार

विश्वप्रकाशकाे पहलमा संजिताकाे ओमनबाट उद्धार

अघिल्लो समाचार

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

Related Posts

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
banner

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner -2

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.