मेचीनगर, २४ मंसिर । काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा भारतको आसममा कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।
शनिबार विहानको राति १ वजे गुवाहाटीबाट मणिपुर जाँदै गर्दा हजाई भन्ने स्थानको पुलमा कार ठोकिदा क्याम्पसका अध्यक्ष थापासहित ३ जना घाइते भएका हुन् ।
काँकरभिट्टाका सामाजिक व्यक्तित्व थापाको गुवाहाटी स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनको पछाडि पटि ढाडमा चोट लागेको छ । अध्यक्ष थापाकी श्रीमती सुजता वस्नेत थापाका अनुसार २ वटा करण भाँचिएको छ ।
कारमा कमल थापा, थापाका आफन्त बब्लु क्षेत्री, क्षेत्रीका आफन्त एक जना महिला र चालक रहेको बुझिएको छ ।
बब्लु क्षेत्रीको टाउकोको हड्डी भाँचिएको, महिलाको खुट्टा भाँचिएको छ भने चालक सकुशल रहेको बताइएको छ ।
पानीटंकी निवासी बब्लु क्षेत्रीको सासुआमाको १३ दिनको काममा शुक्रबार मणिपुर गएका थिए । अध्यक्ष थापाको टोली गुवाहाटीमा काकाको घरमा राति खाना खाएर मणिपुरतिर लागेका थिए ।
राति १ वजे चालकसहित सबै जना निदाएको बेला पुलमा ठोकिएको हुन सक्ने अनुमान परिवारको छ ।
Discussion about this post