२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१०८ ठाउँमा महापुराण

०८२ सालमा ‘श्राप मोचन’ गर्ने योजना

मंसिर २८, २०८०, २:३५ .बिहिबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २८ मंसिर । आगामी २०८२ साल फागुन महिनाको शुक्लपक्षमा सतीको श्राप बगाउने उद्देश्यले मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ ।

आज बिर्तामोड स्थित धार्मिक अनुष्ठान सेवा समाजको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी गराइएको थियो ।

समाजका अध्यक्ष पं.माधवशरण खनालले मेचीेदेखि सुरु भएको पुराण यात्रा अबिराम रुपमा महाकालीसम्मै पुग्ने र जम्मा १०८ वटा स्थानमा महापुराण आयोजना हुने जानकारी दिए ।

समाजले शुक्रबार मेचीनगर नगरपालिका–८, सुन्दर टोल स्थित नवदुर्गा मन्दिरबाट उक्त महापुराणको सुरु गरिने बताएको छ ।

नवदुर्गा मन्दिरमा दिउँसो १२ बजे महापुराणको पं. देवीप्रसाद खतिवडाले कथा बाचन र आचार्य दुर्गाप्रसाद खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर समितिका अध्यक्ष केशर तिम्सिनाले बताए ।

अध्यक्ष पं. खनालले भीम मल्लको षडयन्त्र पूर्वक मृत्युपछि उनकी पत्नी सतीदेवीले देशको भलो चाहनेको कहिल्यै भलो नहोस् भनेर श्राप दिएको हुँदा मुलुकले उन्नति गर्न नसकेको कारण उक्त श्रापलाई धार्मिक विधिपूर्वक बगाइने लागेको दावी गरे ।

उनका अनुसार एउटा स्थानमा एकहप्ता पुराण गरिने भएको छ । पुराणका लागि व्यास आसनको रुपमा प्रयोग गर्न सकिने गरी रथ निर्माण गरिएको छ । मेचीदेखि महाकालीसम्म नै रथमा पुराणबाचक गरिने छ ।

पं.खनालकै संकल्प अनुसार २०७६ सालदेखि १०८ श्रीमद्भागवत महापुराण सुरु गरिएको थियो । २०८० सालमा संकल्प पूरा गर्न नसकेको बतायउको छ ।

कोरोना महामारीअघि ५ वटा र कोरोनापछि १२ वटा पुराण गरिसकिएको छ भने अब ९१ वटा पुराण ४ वर्षमा सक्ने योजना रहेको खनालको भनाई छ ।

‘एउटा पुराण सम्पन्न गर्न करिव ४ लाख खर्च लाग्छ’, खनालले भने–‘त्यसको चाँजोपाँजो स्थानीय आयोजकले नै गर्नेछन् । पुराणबाट संकलित श्रोत र साधनलाई स्थानीय मठमन्दिरकै संरक्षणमा प्रयोग गरिने भएको छ । स्थानीय आचार्यहरुले निःशुल्क बाचन गरिदिने विश्वास छ ।’

सो अवसरमा पं.घनश्याम ढकालले शान्तिका लागि मुक्ति मोचन गर्ने भएकाले यो अभियान कमाउने उद्देश्य नभएको स्पष्ट पारे । उनले १२ वटा स्थानमा हुने पुराणमा आफैले निःशुल्क पुराण बाचन गरेर अभियानलाई सघाउने घोषणा गरे ।

समाजका अध्यक्ष पं.खनालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत सचिव भीमप्रसाद मिश्रले र सञ्चालन समितिकी सल्लाहकार एवम् अधिवक्ता हेमकला कट्टेल खत्रीले गरेकी थिइन् ।

पछिल्लो समाचार

नेपालीलाई सुहाउँदो समाजवाद चाहिँएको छ : नेता विरही

अघिल्लो समाचार

निःशुल्क शिविरमा ३३५ जनाको आँखा जाँच

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.