मेचीनगर, २८ मंसिर । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल उद्देश्यका साथ मेची उद्योग बाणिज्य संघले आयोजना गरेको एकदिवशिय आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा ३३५ जनाले आँखा जाँच गराएका छन् ।
आज मेचीनगर नगरपालिका–३ नम्बर वडा कार्यालयमा आयोजना गरेको आँखा शिविरमा १६४ महिला र १७१ जना पुरुषले आँखा जाँच गराएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।
आँखा जाँच गरेका ३३५ जनामध्ये ३९ जनालाई शल्यक्रिया गर्न चिकित्सकले सिफारिस गरेको उनले बताए । उनका अनुसार शल्यक्रियाका लागि सेन्टरले ६० प्रतिशत छुट गर्ने छ ।
शिविरमा २६ हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वस्नेतले बताए ।
शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा सेन्टरका नेत्र चिकित्सक रोजल थापा, जनसम्पर्क अधिकारी यज्ञबहादुर राय, प्राविधिक रक्षा सत्याल, मनिला तामाङ, स्टोर किपर कृष्णराज लिम्बुले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, महासचिव दिनेश शाक्य, कार्यकारी निर्देशक वस्नेत, लेखापाल चेतबहादुर विक लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post