काँकरभिट्टा, ३ पुस । गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले मेची उद्योग बाणिज्य संघको सहजिकरणमा मेचीनगरको चार ठाउँमा ‘डोर सञ्चालन’ गरिरहेको छ ।
बाणिज्य संघको सहजिकरणमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले व्यवसायीहरुको नापतौल सम्बन्धीका औजार तथा उपकरणहरुको परिक्षण, नविकरण तथा नयाँ दर्ता लगायतका सेवाहरु दिने उद्देश्यले मेचीनगरको काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी र चारआलीमा ‘डोर सञ्चालन’ गरिरहेको छ ।
मंगलबार काँकरभिट्टा सुपारी लाइन स्थित नेवारी खाजा घरको परिसरमा व्यवसायीहरुको सुविधाका लागि उक्त कार्यालयले ‘डोर सञ्चालन’ गरेको थियो ।
गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहनिरीक्षक एवम् ‘डोर सञ्चालन’ का टोली प्रमुख अमितकुमार कर्णले काँकरभिट्टाका २८ जना व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको बताए ।
उनले भोलि बुधवार ईटाभट्टाको अधिकारी हार्डवेयर उत्तर, विहीबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहल र शुक्रबार चारआली पूर्व बस स्टेण्ड छेउ मंगलदिप सप्लायर्स परिसरमा ‘डोर सञ्चालन’ गरिने बताए ।
काँकरभिट्टाका ‘डोर सञ्चालन’ कार्यक्रममा मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यद्वय दिपेन्द्रराज पाण्डे र दिनेश पोखरेल सहभागी रहेका थिए ।
Discussion about this post