मेचीनगर, ३ पुस । प्याब्सन झापाको आयोजनामा भएको जिल्लास्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलकी छात्रा मासुम लावती गायनतर्फ झापा प्रथम भएकी छिन् ।
दमकमा पुस २ गते भएको साँस्कृतिक प्रतियोगितामा पारिजात स्कूलको कक्षा–८ मा अध्ययनरत् लावती मावितर्फको गायन प्रतियोगितामा सर्वोत्कृष्ट भएकी हुन् । उनले ‘उकाली ओराली’ भन्ने गीत गाएकी थिइन् ।
प्याब्सन मेचीनगरबाट उत्कृष्ट बन्दै उनी जिल्ला प्रतियोगितामा सहभागी भएकी थिइन् । जिल्ला प्रथम भएसँगै मासुमले प्रदेशस्तरीय साँस्कृतिक प्रतियोगितामा अवसर पाएकी छन् । सर्वोत्कृष्ट भएसँगै उनले ट्रफी तथा प्रमाणपत्र पाएकी छन् ।
सानैदेखि पढाइसँगै गायनमा रुचि राख्ने मासुम यसअघिका विभिन्न गायन प्रतियोगितामा पनि उत्कृट बन्दै आएकी छन् । मासुम कोशी आइडलमा टप चार पुग्न सफल भइसकेकी छन् ।
जिल्ला प्रथम भएसँगै मासुम लावतीलाई मंगलवार विद्यालयले सम्मान गरेको छ । विद्यालयको नाम राख्न सफल भएको भन्दै उनलाई विशेष सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोदकुमार प्रधानले जानकारी दिए ।
Discussion about this post