९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू

पुस १६, २०८०, २:३३ .सोमवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ ।

निगमका एक कर्मचारीका अनुसार आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु गर्नेछ ।
‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं । भारतबाट नयाँ मूल्यसूची आएको छ । त्यसमा मूल्य घटेर आए मूल्य स्वतः घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने ।

उनका अनुसार पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरि मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरि मूल्य बढाउने व्यवस्था हुन्छ ।

यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने उनले बताए । तर यो नाफा एलपी ग्यासमा भने नराखिने उनले बताए ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागू गर्न लागिएको हो । यस विषयमा कसरी गर्ने भन्ने लगायतका कुराहरुमा निगम सञ्चालक र निगमका महानिर्देशक उमेश थानी लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले प्रधानमन्त्रीसँग समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचालित मूल्य लागू गर्न ग्रिन सिग्नल दिएपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य आइतबारबाटै लागू गर्ने तयारीमा निगम पुगेको ती कर्मचारीले बताए ।

बजार व्यवस्थापन विभागका नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतले पनि यसमा निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य जति बढेर आउँछ त्यति बढाउने र जति घटेर आउँछ त्यति घटाउने गरि स्वचालित मूल्य लागू गरिने बताए । उनले आइतबारबाटै उक्त स्वचालित मूल्य लागू भएको बताए ।

‘यसमा अबदेखि २० रुपैयाँ बढेर आउछ भने २० रुपैयाँ नै बढ्छ । २० रुपैयाँ घटेर आउछ भने २० रुपैयाँ नै घट्छ,’ उनले भने ।

चौतर्फी रुपमा स्वचालित मूल्य कायम गर्न दबाब आएपछि यस्तो गर्न लागिएको उनी बताउँछन् । अबदेखि निगमले मूल्य निर्धारण गर्ने भन्दा भारतबाट आउने नयाँ मूल्य सूचीले नेपालको पेट्रोलियम पदार्थमा मूल्य कायम गर्न निर्भर हुने उनले बताए ।

पछिल्लो समाचार

विप्लवका नेताद्वारा व्यक्तिको जग्गा अघोषित रुपमा कब्जा

अघिल्लो समाचार

मिनि म्याराथनको उपाधि स्काइ र सुस्मितालाई

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.