३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

याेद्वाहरू सम्मानित

परिवर्तनकाे आन्दोलनलाई मर्न नदिऔँ : राम कार्की

माघ ६, २०८०, ४:५४ .शनिबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ माघ । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् ।

माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रुपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् ।

‘हामी धेरै थाकिसक्यौं,’ उनले भने, ‘अब पनि हिँड्न जानेनौं भने परिवर्तनको आन्दोलन मरेर जान्छ ।’

माओवादी भित्रका प्रखर नेता मानिएका कार्कीले हाम्रै नेताका कारण माओवादीलाई कांग्रेस र एमालेजस्तो पार्टी बनाइदिएको आरोप लगाए ।

उनले अब पनि परिवर्तनका लागि नलड्ने हो भने जनताले नयाँ पार्टी बनाउने चेतावनी दिए । नेता कार्कीले परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताए ।

´काठमाडौंले के गर्यो भन्नेतिर नलागौं,’ पूर्व सञ्चार मन्त्रीसमेत रहेका कार्कीले भने, ‘हाम्रो बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा, चारआली कसरी राम्रो बनाउनेतिर लागौं ।

परिवर्तन अवश्य सम्भव छ । उनले स्थानीय आवश्यकताको पहिचानलाई स्थापित गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।

बौद्धिक नेताको छवि बनाएका नेता कार्कीले काममा दत्तचित्त भएर लाग्न सुझाव पनि दिए । ‘आठ घण्टा आराम, आठ घण्टा काममा ध्यान दिन सक्यौं भने परिवार तथा समाज आफैं बन्छ,’ उनले भने, ‘तर, हाम्रो लगनशीलता, मेहनत गर्ने बानी खतम भएको छ ।’

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पुराना कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरिएको थियो ।

कम्युनिस्ट आन्दोलनलाई अहिलेसम्म मार्गनिर्देश गर्ने दुई दर्जन योद्धाहरुलाई ट्रयाक सुट, दोसल्ला तथा टोपी लगाइदिएर सम्मान गरिएको हो । यस्तै, शहिद परिवारलाई पनि सम्मान गरिएको थियो ।

माओवादी केन्द्र मेचीनगर सहइन्चार्ज पनिता अधिकारीले स्वागत, मेचीनगर सचिव ज्ञानेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद गोङ्बु शेर्पाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य, प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, क्षेत्रीय कमिटी इन्चार्ज लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई वनभोज खुवाइएको थियो ।

पछिल्लो समाचार

पत्रकारले पार्टी पत्रकारिता त्याग्नु पर्छ : पूर्वअध्यक्ष बराल

अघिल्लो समाचार

सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

Related Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

वैशाख २९ गतेभित्र एसईईकाे नतिजा आउने

बैशाख १, २०८३, ९:३३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.