झापा, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
कोशी प्रदेशको अन्य तर्फबाट उम्मेदवार बनेका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।
कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले प्रदेश सभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।
निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका थिए । सत्ता गठबन्धनका केही मतदाताले अन्य उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलको भन्दा बढी मत ल्याए ।
Discussion about this post