१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

मन्त्री गुरुङद्वारा सार्वजनिक जग्गाहरुको स्थलगत अनुगमन

माघ १२, २०८०, ४:५४ .शुक्रबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ माघ । संघीय सहरी विकास मन्त्री सीता गुरुङले काँकरभिट्टा क्षेत्रका सार्वजनिक जग्गाहरु स्थलगत अनुगमन गरेकी छिन् ।

आज साँझ मन्त्री गुरुङले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको काँकरभिट्टा मावि, मिनी मार्केट, बसपार्क, देवकोटा पार्क, क्याम्पस लगायतका क्षेत्रहरुको स्थलगत अनुगमन गरेकी हुन् ।

मन्त्री गुरुङले काँकरभिट्टा आर्थिक विकासको हव बन्दै गइरहेकोले मेचीनगरका राजनीतिक दलहरुबीच एकता, सहकार्य गरेर कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिएकी थिइन् ।

‘राजनीतिले विकास ल्याउनु पर्छ’, मन्त्री गुरुङले भनिन्–‘विकासका लागि राजनीति गर्ने हो, विगार्न होइन । विकासमा राजनीति गर्न हुँदैन ।’

यस क्षेत्रका सार्वजनिक जग्गाको समस्यालाई कानूनी प्रकिया, अध्ययन, अवलोकन गरेर चाँडै समाधान गर्ने बताइन् । हतार गरेर फेरि पछुताउनु भन्दा ढिलै गर्ने तर परिपक्कसँगले काम गर्नु पर्ने उनको भनाई छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ का सांसद विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । उनले राम्रो कामका लागि यहाँका सबै राजनीतिक दलबाट सहयोग हुने दावी गरे ।

मेचीनगर नगरपालिका मेयर गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टा क्षेत्रका सार्वजनिक जग्गाहरु नगरपालिकालाई हस्तान्तरण हुनु पर्ने मागसहितको फायल मन्त्री गुरुङलाई पेश गरेका थिए ।

उनले काँकरभिट्टामा जग्गा अभावका कारण पार्किङको समस्या रहेको बसपार्कमा वहुतले पार्किङ बनाउन जोड गरिएको बताए ।

कार्यक्रममा मन्त्री गुरुङ, सांसद शर्मा, संविधान सभा सदस्य रविन कोइराला, उषा गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलमा राष्ट्रिय आवास कम्पनीका केन्द्रीय अध्यक्ष, महानिर्देशक लगायतको टोलीको सहभागिता रहेको थियो ।

राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका सार्वजनिक जग्गाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्नु पर्छ भन्ने पक्षमा मेचीनगरका सबै राजनीतिक दलका प्रमुखहरु, स्थानीय सरकार, कोशी प्रदेशका सांसद र संघीय सांसद समेतको एकैवद्वता रहेको छ ।

यसैबीच मेचीनगर–७ स्थित नाङाग्युर देकछेन छोलिङ्ग गुम्बाका अध्यक्ष सुभास गुरुङ, सचिव होमराज गुरुङ, जगत गुरुङ लगायतले मन्त्री गुरुङलाई गुम्बाको भवन निर्माणका लागि प्रस्तावाना पेश गरेका छन् ।

मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकिय होमनाथ भण्डारीले गरेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

 

पछिल्लो समाचार

नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

अघिल्लो समाचार

महामन्त्री थापाले सुरु गरे झापाबाट ‘संवाद यात्रा’

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.