२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कैदीबन्दीकाे समस्या समाधान गर्छु : सभामुख घिमिरे

माघ १६, २०८०, १०:४६ .मङ्लबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ माघ । संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताएका छन् ।

आज झापा जिल्ला कारागारमा बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्ताे कुरा बताएका हुन् ।

उनले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज गर्न नमिल्ने बताए ।

सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रुपान्तरणमा लगाउन आग्रह गरे । कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने उनले बताए ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख मोहनलाल पनेरुले बताउनुभयो ।

कारागार प्रमुख माेहनलाल पनेरूले कारागारमा एक हजार पाँच सय २७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६ सय २१ जना रहेकाे बताए ।

उनले विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सयजना कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहर-मैला व्यवस्थापनमा समस्या बढिरहेको बताए ।

बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक ८० रूपैयाँ र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बताए ।

कारागारमा बन्दी जीवन बिताइरहेकाहरुका लागि सीप सिकाउने, खेलहरु खेलाउने, अध्ययन अध्यापनमा रुचि जोगाउने लगायत नमूना कार्यहरु गर्दै आएको उनले बताए ।

कार्यक्रममा संघीय प्रतिनिधि सभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्व सदस्य वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई लगायतलाई सम्मान गरिएको थियो ।

पछिल्लो समाचार

खेल मैदानको जग्गा विद्यालयकै नाममा हुनुपर्छ : प्रअ न्यौपाने

अघिल्लो समाचार

पूर्व काउन्सिलरले काँकरभिट्टामा धुमधमका मच्चाउने

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.