मेचीनगर, २० माघ । ल्होछार पर्व मनाउन चारआलीलाई बेहुलीझै सिंगारिएको छ ।
मेचीनगरका चार जातीले शनिबार एकैसाथ ल्होछार पर्व मनाउने क्रममा चारआलीलाई बेहुलीझै सिंगारिएको हो ।
आदिवासी जनजाति समुदाय भित्रकाले मात्रै मनाउँदै आएको ल्होछार पर्व यसपाली चार जाती (मगर, शेर्पा, तामाङ र गुरुङ) ले संयुक्त रुपमा मनाउने भएका हुन् ।
चारआली चोकदेखि इलाम रोडको १५० सय मिटर उत्तरलाई रोडको माथि आकर्षक ढंगले तोरण टाँगिएको छ भने पूर्व–पश्चिम लोकमार्गको ट्राफिक पोस्ट अगाडि र काँकरभिट्टा जाने रोडतिर आगन्तुकहरुलाई स्वागतार्थ गेटहरु बनाइएको छ ।
रंगीचंगी बिजुलीका बत्तिले सझिसझाउ चारआली साँझमा मनमोहक देखिएको छ । बजारको दायाँबायाँको पेटिको रेलिङमा उत्तिकै दुरिमा राखिएका बाँसको तोरण र त्यसमा जडित छुट्टाछुट्टै मोडेलका बत्तीले झनै आकर्षक भएको छ ।
मेचीनगर–१३ का चार जातीहरुले संयुक्त रुपमा ल्होछार पर्व मनाउने घोषणा गरेपछि पूर्वबाट जातीय एकताको सन्देश जाने गरीको तयारी गरिएको संयुक्त ल्होछार (डुग ल्हो) समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिए ।
उनका अनुसार ल्होछार पर्वका दिन कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता रहने छ ।
त्यस्तै विशिक्ष्ट अतिथिहरुमा कोशी प्रदेश सांसदद्वय गोपाल तामाङ र सबिना बजगाई, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहने अध्यक्ष लामाले बताए ।
खासमा ल्होछार पर्व माघ २७ गते हो । तर, शनिबार गुम्बामा र २७ गते घर–घरमा आफ्नै तरिकाले मनाउने भएको उनको भनाई छ ।
Discussion about this post