मेचीनगर, १८ माघ । मेचीनगर लेडी जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत आज झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर–१० स्थित धुलाबारीमा रहेको मेचीनगर लेडी जेसीजको सचिवालयमा नेपालको राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खनाल, बिशिष्ट अतिथि धुलाबारी जेसीजका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाई, रेडियो मन्त्रका निर्देशक ज्ञानेन्द्र निरौला, मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष टीका सुवेदी, धुलाबारी जुनियर जेसीजका अध्यक्ष बिष्णु चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु शुशिला खतिवडा र उषा श्रेष्ठ, संस्थापक सल्लाहाकार लक्ष्मी राई लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
मेचीनगर लेडी जेसीज बर्ष २०२४ की अध्यक्ष पवित्रा विमली प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक एवम् कार्यकारीणी उपाध्यक्ष सकुन्तला खतिवडाले, आस्था वाचन उपाध्यक्ष सुनिता कोइरालाले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।
Discussion about this post