३ पुष २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले झापाको अधिवेशन बैशाखको दोस्रो हप्ता

माघ २५, २०८०, ५:५६ .बिहिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा, २५ माघ । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ ।

दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

मंगलबार शिवसताक्षीको झिलझिलेमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बैठकको उद्घाटन गरेका थिए । बैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै उनले जिल्ला कमिटी र मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराएका थिए ।

बुधवारको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जनप्रतिनिधिहरुले देखिने किसिमका गर्व गर्न योग्य कामहरु गर्नुपर्ने औंल्याउँदै वितेको ३५ प्रतिशत समयावधिमा के गरियो र अबको बाँकी समयमा के के गर्ने लक्ष्य र योजना छ, त्यस विषयमा समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

उनले जिल्ला कमिटीको अधिवेशन पछिमात्र पालिका कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने गरी ‘अपानि’ आएको स्मरण गराउँदै फागुन महिनामा गर्नेगरी निर्धारण भएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन दिए ।

बैठकमा पालिका इन्चार्जहरुले रिपोर्टिङ गर्दा पालिका कमिटी र पालिका सरकारबीच समन्वय हुन नसकेको, निर्वाचनका बेला तयार पारिएको घोषणापत्र कार्यान्वयनमा चासो नदेखाएको, दीर्घकालीन महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीसँग समन्वय नगरेको जस्ता विषय उठान भएकाले स्थायी कमिटी सदस्य खरेलले तत्कालै सम्बन्धित पालिका कमिटीको बैठक बोलाएर समन्वय सुरु गर्न निर्देशन दिएका थिए ।

पार्टीका कतिपय पुराना सदस्यहरुले सदस्यता नविकरण नगरेको विषयमाथि चर्चा गर्दै नेता खरेलले समग्र राष्ट्रिय राजनीतिको असर हो कि पार्टीप्रति वितृष्णा बढेको हो भन्ने मसिनो गरी खोजीनीति गर्नुपर्ने धारणा राखे ।

बैठकको अध्यक्षता गरेका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले पालिका इन्चार्जहरुले प्रस्तुत गरेका सांगठानिक विवरणहरु तथा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुले प्रस्तुत गरेका राजनीतिक विश्लेषणलाई टिपोट कमिटीले आगामी बैठकमा रिपोर्ट बनाएर प्रस्तुत गर्ने जानकारी दिए ।

उनले २०८० चैत मसान्त सम्मका पार्टी सदस्य नै आगामी जेठ मसान्तसम्म कायम रहने भएकाले सबै अधिवेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको बैठकमा बताए ।

आगामी फागुन १० गतेभित्र पालिका कमिटीको बैठक आफ्नो भूगोलका नेता, नेतृत्व समेतलाई आमन्त्रण गरी सुझाव सल्लाह पनि लिने गरी आयोजना गर्न निर्देशन दिए ।

बैठकमा कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले झापाको राजनीतिक निर्णयले पूर्वका १४ वटै जिल्लालाई प्रभाव पार्ने गरेको बताए । पालिका इन्चार्जदेखि क्षेत्रीय संयोजकहरु सबैको रिपोटिङ सुन्दा झापाको पार्टी कामले निरन्तर गति लिएको भन्दै जनवर्गीय संगठनहरुको सक्रियता बढाउन सुझाव दिए ।

‘अन्य जिल्लाहरुमा पार्टी कमिटी र स्थानीय तहका जनप्रतिनिधिहरु बीच कामको तालमेल नमिलेको चर्चा हुने गरे पनि झापामा यस्तो कुरा कम मात्रामा उठ्नुले पार्टी लयमा छ भन्ने जनाउँछ’ प्रदेश सचिव भण्डारीको भनाई थियो ।

बैठकमा जेठ १५ गतेसम्ममा पालिका कमिटीको अधिवेशन गर्ने र जेठ मसान्त सम्ममा वडा कमिटी अधिवेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला कमिटीका सचिव शिव ढुंगेलले बताए ।

बैठकमा कार्यालय सचिव छबिलाल विश्वकर्माले गत असार मसान्तसम्म जिल्ला पार्टी कार्यालयले गरेको आय र ब्ययको विवरण प्रस्तुत गरेका थिए ।

पछिल्लो समाचार

सर्वोच्चद्वारा गिरीबन्धु टि स्टेटको निर्णय बदर

अघिल्लो समाचार

‘समाजवाद’को लक्ष्यसहित उत्पादन क्षेत्रमा लगानी बढाउँदै एनएमसी

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.