झापा, ३ फागुन । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत तथा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।
आज विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुको जग्गा जफत र दोषी ठहर गरेको हो ।
दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।
त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै १२ जनाले ९ करोड रुपैयाँ जरिवाना दामासाहीले तिर्नु पर्ने फैसला भएको छ ।
Discussion about this post