मेचीनगर, ४ फागुन । गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकरभिट्टा भेट्रान क्लबले आयोजना गरेको गोर्खा सांगातिक साँझ–२ सम्पन्न भएको छ ।
हालै सम्पन्न गोर्खा सांगातिक साँझ–२ मा युके स्थित फोक्सटन सिटीका पूर्व काउन्सिलर, गोर्खा मेमोरियल फ्रण्ड युकेका अध्यक्ष एवम् गायक धनकिरण गुरुङले आफ्ना चर्चित आधा दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।
उनले मायाका सीमाना, हावा सरर लगायतका चर्चित गीतहरु गाएका थिए । त्यस्तै भारत र नेपालका कलाकारहरुले पनि आ–आफ्नो सांगातिक प्रस्तुति दिएका थिए ।
सांगातिक साँझ सुरु हुनुअघि औपचारिक कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले युके स्थित फोक्सटन सिटीसँग नगरपालिकाको भगेनी सम्बन्ध स्थापित गराउन योगदान दिने पूर्व काउन्सिलर गुरुङको जति चर्चा गरे पनि कम हुने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष नगेन्द्र गुरुङ, उपाध्यक्ष गंगालाल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार भुमिका सुब्बा र सिदार्थ सिंहले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post