६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बालकल्याण माविको स्वर्ण महोत्सवमा दर्जनौँ सम्मानित

फाल्गुन ४, २०८०, ९:५५ .शुक्रबार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ फागुन । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले स्वर्ण महोत्स सम्पन्न गरेको छ ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सेवा निवृत्त शिक्षक, अक्षयकोष दाता, चन्दादाता तथा जग्गादाताहरुलाई सम्मान गर्दै विहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो ।

विद्यालयले उद्घाटनका अवसरमा बुधवार पहिलो दिन वर्ष उत्कृष्ट शिक्षक, वर्ष उत्कृष्ट अभिभावक तथा विद्यालयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षक सम्मान विद्यालयका प्रावि इञ्चार्ज तथा वरिष्ठ शिक्षक सन्तलाल माझीलाई प्रदान गर्याे भने वर्ष उत्कृष्ट अभिभावक सम्मान सीता निरौला भट्टराईलाई प्रदन गरेको थियो ।

उनीहरुलाई ओमनाथ ऋतुकुमारी अक्षयकोषबाट जनही ५ हजार नगदसहित सम्मान गरिएको थियो भने विद्यालयले अक्षयकोष दाता तथा चन्दा दाताहरुलाई समेत सम्मान गरेको थियो । सो अवसरमा विद्यार्थीहरुको सामुहिक तथा एकल नृत्य प्रस्तुत गरिएको थियो ।

दोस्रो दिन विहीबार भएको समापन कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व पिटिए अध्यक्ष, अक्षयकोष दाता, जग्गादाता तथा चन्दा दाताहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै पूर्व विद्यार्थी समाजले समाजसेवी एवम् विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष अनन्तकुमार दाहाल तथा विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान गरेको थियो । विद्यार्थी समाजले पूर्व अध्यक्ष दाहाललाई नगद ५ हजार नगदसहित सम्मान गरेको थियो ।

विद्यालयका पूर्व प्रअ, पूर्व शिक्षकहरुलाई सम्मानपत्र द्वारा सम्मान गरेको थियो । पूर्व विद्यार्थीको कार्यक्रम सचिव गगन ढकालले सञ्चालन गरेका थिए भने समाजका अध्यक्ष नवराज सुवेदीले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरे भने नेवारी तथा लिम्बू जातिको जातीय नृत्य समेत प्रस्तुत गरिएको थियो ।

समापन कार्यक्रमको अवसरमा विद्यालयमा स्थापित स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन् कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले गरेका थिए ।

सो अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारिका समेत बिमोचन गरिएको थियो । पुस्तकको बिमोचन विशिष्ट अतिथि सांसद तामाङ र स्मारिका लेखन समितिका संयोजक एवम् विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेलले संयुक्त रुपमा गरेका थिए ।

विद्यायल व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष कनककुमार कार्की, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तीलकचन लिम्बू, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ, समाजसेवी रमेश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षक महासंघ कोशी प्रदेशका अध्याक्ष तेजप्रसाद चौलागाई, मेचीनगर–५ का वडा सदस्यहरु पुष्प गेलाल, मनकुमार लिम्बू, माया प्याकुरेल, देवीका विक, समाजेवी जितबहादुर लावती, विद्यालयका पूर्व अध्यक्ष नित्यानन्द पाठक, अनन्तकुमार दाहाल, रंगलाल गिरी, दिलिप सुब्बा, शेखरनाथ भण्डारी कमलकुमार देवकोटा, समाजसेवी डम्बर पुरी लगायतको आतिथ्यता रहेको थियो ।

स्वर्ण महोत्सवकै अवसरमा सम्मानित विद्यालयका शिक्षक सन्तलाल माझीले ‘सन्तलाल माझी फाउण्डेशन’ अक्षयकोष स्थापना गर्ने उद्घोष गरे । शिक्षक माझीले हाल फाउण्डेशनलाई १ लाख र मरणोपरान्त १ लाख गरी २ लाखको सन्तलाल माझी फाउण्डेसन स्थापनाको घोषणा गरेका छन् । २०५० भदौ १३ गतेदेखि सो विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक माझी विद्यालयको वरिष्ठ शिक्षक हुन् भने हाल उनले विद्यालयको प्रा.वि.इञ्चार्जको महत्वपूर्ण जिम्मेबारी निर्वाह गरिरहेका छन् ।

शिक्षक माझीले आफु सम्मानित हुँदा पाएको ५ हजार रकम भने विद्यालयले सञ्चालन गरेको सामूहिक अक्षयकोषमा हस्तान्तरण गरेका छन् । शिक्षक माझीले आफूले स्थापना गरेको कोषको ब्याजले सोही विद्यालयबाट एसर्ईई परिक्षामा सर्वाेउत्कृष्ट जीपीए ल्याउने विषय शिक्षकलाई हरेक वर्ष नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ ।

सो सम्मानबाट विषय शिक्षकलाई हौसला प्रदान हुने शिक्षक माझीले बताए । ७० जना आवद्ध रहेको सामूहिक अक्षयकोषमा हाल ११ लाख ६३ हजार ७३ रुपैयाँ जम्मा भएको विद्यालयले जनाएको छ ।

२०३१ सालमा सो क्षेत्रका बालबालिकालाई शिक्षा दिन स्व.ओमनाथ पाठक, जगदाताहरु छविलाल खरेल, धनराज गिरी, जगतबहादुर कुँवर, शेरबहादुर राई, रामकुमार गिरी, काशीनाथ मैनाली, डम्बरबहादुर लोहा लगायत समाजका अग्रज ब्यक्तिहरुको पहलमा सेउले कटेरोबाट सुरु भएको सो विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सब मनाउँदै गर्दा आठ ओटा पक्की भवन निर्माण गरेर शिक्षा प्रदान गरिरहेको छ । विद्यालयलाई समाजसेवी छविलाल खरेल, धनराज गिरीले निःशुल्क रुपमा जग्गा प्रदान गरेका थिए ।

विद्यालय परिसरमा सोही विद्यालयका पूर्व विद्यार्थी राजु लामाले आफ्ना स्वर्गीय पिता धनबहादुर तामाङको स्मृतिमा सरस्वती माताको मन्दिर निर्माण गरिदिएको छ । सोही विद्यालयकी पूर्व साहयक शिक्षक मञ्जु अधिकारी, पूर्व शिक्षक शोभ अधिकारी तथा सोही विद्यालयका पूर्व विद्यार्थी रमेश, महेश र अशोक अधिकारी, भगवती, गोमा र ममता अधिकारीले आफ्ना स्वर्गीय पिता लोकबहादुर अधिकारी र माता रत्नमाया अधिकारीको स्मृतिमा स्वर्ण स्तम्भ निर्माण गरिदिएका छन् ।

कार्यक्रममा प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा नगर स्तरिय अन्तरमावि क्रिकेट र हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य बिश्वप्रकाश शर्मा विशेष कारणबश विद्यालयको स्वर्ण महोत्सवमा उपस्थिति हुन सकेनन् ।

विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक राजिव गिरी र शिक्षक तारा पुरीले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

गायक धनकिरण गुरुङले नचाए दर्शक

अघिल्लो समाचार

एतिहासिक पातालगंगा मन्दिरमा आजदेखि पुराण

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.