२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘हात्तीमैत्री पदयात्रा’ सुरु

हात्ती पीडितको कुरा सुन्न सरकार घरैमा आयो : मुख्यमन्त्री कार्की

फाल्गुन ९, २०८०, १:४८ .बुधबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतको टोलीले प्रकृति संरक्षण र प्रवद्र्धनका लागि हात्ती प्रभावित क्षेत्रमा बुधवारदेखि सातदिने हात्तीमैत्री पदयात्रा सुरु गरेका छन् ।

‘जीव, जनावर, जल, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने मुल नाराकासाथ बुधवारदेखि मुख्यमन्त्री कार्कीको टोलीले बाहुनडाँगीबाट उदयपुरको बेलचोकसम्म ७ दिने पदयात्रा सुरु गरेका हुन् ।

‘सरकारलाई यहाँ कसैले बोलाएर आएको होइन’, मुख्यमन्त्री कार्कीले भने–‘यहाँका जनता हात्तीबाट पीडित छन् भन्ने बुझेर सरकार आफै आएको हो । जनताको दुख बुझ्न र सुन्न घरैमा आएका छौँ । हामी बाच्न जीवजन्तु पनि चाहिँन्छ । हात्तीबाट पीडित जनता र बालीनालीको के कति क्षति भयो । यो सबै बुझ्न पनि आएका हौँँ ।’

उनका अनुसार आगामी बजेटमा हात्तीबाट पीडित जनता र बालीको बीमा गर्ने तयारीका लागि पनि यो पदयात्रा हो । यहाँका जनताले दिएको भोटको ऋण तिर्न पनि आएको उनको भनाई छ ।

मुख्यमन्त्री कार्कीलाई बाहुनडाँगीबासीले ११ बुँदे मागहरु समेटिएको ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाउँदै नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीले माग पूरा गर्न आग्रह गरे ।

हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गरिदिनु पर्ने बाहुनडाँगीबासीको माग छ ।

मागपत्रमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, नागरिक समाजका अध्यक्ष तिवारी, नेपाली कांग्रेसका सभापति सागर कार्की, नेकपा एमालेका अध्यक्ष तीर्थराज कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष खगेन्द्र रामुदामु, रास्वपाका अध्यक्ष हस्तबहादुर खड्का र राप्रपा अध्यक्ष चन्द्रप्रसाद सुबेदीको हस्ताक्षर रहेको छ ।

त्यस्तै, कांग्रेसका जिल्ला प्रतिनिधि निरज घिमिरे, शुभ चिया किसान सहकारीका अध्यक्ष रमेश दाहाल, समाजसेवीहरु गोविन्द न्यौपाने, दिपेन थापा, हरिप्रसाद उप्रेती, आरआरटी संयोजक न्यूटन कार्की लगायतले मागपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कार्की, कोशी प्रदेश सभा सदस्य सबिना वजगाई, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण समिति अध्यक्ष सागर कार्की लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मन्त्रालयका सचिव विशाल घिमिरेले गरेका थिए ।

यो भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

आजदेखि मुख्यमन्त्री कार्कीद्वारा ‘हात्तीमैत्री पदयात्रा’

अघिल्लो समाचार

झापा गोल्ड कपका सहभागी टिमहरु सार्वजनिक

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.