९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजदुत–मन्त्रीसँग प्लाइउड निर्यात र पर्यटकका विषयमा छलफल

फाल्गुन १०, २०८०, ४:३३ .बिहिबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्लीमा राजदुत शंकरनाथ शर्मासँग व्यासायीको भेटघाट ।

मेचीनगर, १० फागुन । भारतले यहि फागुन १६ गतेदेखि प्लाइउड निर्यातमा अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपालका उद्योगी–व्यासायीका नेताहरु नयाँदिल्ली गएका छन् ।

केहि दिनअघि नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरे, पूर्व अध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष मनोज चित्लेङ्गी र मेची उद्याग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई दिल्ली गएर भारतका लागि नेपालका राजदुत शंकरनाथ शर्मालाई भेटेर सो विषयमा दुःख व्यक्त गरेका हुन् ।

 राजदुत शर्माले मंगलबार उद्योगी–व्यासायीका नेताहरुलाई आइएसआइका विषयमा भारत र नेपाल सरकारलाई सहजताका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

राजदुत शर्मालाई भेटेपछि उद्योगी–व्यासायीको टोली सोझै काठमाडौँ गएको थियो । उद्योगी–व्यासायीको टोलीले परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेको थियो ।

परराष्ट्र मन्त्री साउदसँग व्यासायीको टोलीले प्लाइउडको समस्याका साथै पूर्वी काँकरभिट्टा नाकाबाट पर्यटकलाई नेपाल आउन रोकेका विषयमा समेत ध्यानाकर्षण गराएका थिए । काँकरभिट्टा नाकाबाट पर्यटक नेपाल आउन छाडेपछि व्यापार–व्यवसाय खस्किदै गएको छ ।

परराष्ट्र मन्त्री साउद भारतमा बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली गएका छन् । काँकरभिट्टा नाका र प्लाइउडका विषयमा भारतसँग प्राथमिकतामा राखेर छलफल गरिने मन्त्री साउदले बताए ।

मेची उद्याग बाणिज्य संघका अध्यक्ष प्रसाईले भारतका विभिन्न प्रान्तमा नेपाली प्लाइउडको माग अत्याधिक रहेको जानकारी दिए । भारतले आइएसआइ लागु गरे प्लाइउडको भारत निर्यात बन्द हुने नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय सदस्य समेत रहेका प्रसाईको भनाई छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई लगायतले भारतसँग यस विषयमा कुरा गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर निकास दिने आश्वासन पाएको प्रसाईले बताए ।

पछिल्लो समाचार

बाल्मीकिका विद्यार्थीले बनाए प्लाष्टिकबाट पेट्रोल

अघिल्लो समाचार

नेपालमाथि इराकको लज्जास्पद हार

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
झापा–१ मा १०,६९२ जना मतदाता थपिए
box -3

झापा–१ मा १०,६९२ जना मतदाता थपिए

माघ ९, २०८२, ८:५३ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.