बिर्तामोड, ११ फागुन । झापा गोल्डकपको छैटौं संस्करणका लागि प्रमुख प्रायोजक यति ब्रुअरीसँग सम्झौता भएको छ ।
चारपाने स्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रवार पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक यति ब्रुअरी र झापा गोल्डकपबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि उक्त सम्झौता पत्र आदान–प्रदान गरिएको थियो ।
कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव एवम् भद्रपुर नगरपालिकाका पूर्व मेयर जीवनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष बस्नेतले झापा गोल्डकपमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए । आ–आफ्नो ठाउँबाट सबैले सहयोग उनको जोड थियो ।
गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य पत्रकार केशव भट्टराईले गरेका थिए ।
गोल्डकप यहि फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।
Discussion about this post