धुलाबारी, १२ फागुन । मेचीनगर नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण अभियान सुरु गरेको छ ।
शनिबारदेखि धुलाबारी माध्यमिक विद्यालयको परिसरमा सामुदायिक कुकुरहरु नियन्त्रणका लागि नगरपालिकाले निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो ।
नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
बन्ध्याकरण कार्यक्रम धुलाबारी मावि परिसरमा दैनिक विहान ७ बजेदेखि वेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको आयोजना तथा धुलाबारी माविको प्राविधिक सहयोगमा सुरु अभियान फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
Discussion about this post