झापा, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी नेता गगन रेवतराज पुरी ( गगन) विरुद्ध दुईवटा फरक–फरक मुद्दामा ९ करोड रुपैयाँ भन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झापाको बालुवाटार भनेर चिनिने दमकको खोला किनारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा माओवादी नेता रेवतराज पुरी (गगन), उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत, नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायी लगायतका विचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
दमकको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पुरीविरुद्ध अख्तियारले दुईवटा फरक–फरक मुद्दामा ९ करोड रुपैयाँ भन्दा बढी बिगो माग समेत गरेको छ ।
आयोगले दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र विचौलियालाई समेत मुद्दा दायर गरेको हो ।
Discussion about this post