मेचीनगर, १५ फागुन । मेचीनगर–१५ स्थित निलकोठीमा सन्थाल समुदायको सांस्कृतिक सोहराई पर्व सम्पन्न भएको छ ।
आज निलकोठीमा उवार सान्ठाउ युवा सन्थाल समाजको आयोजनमा सन्थाल समुदायको सांस्कृतिक सोहराई पर्व सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले सोहराई पर्वको उद्घाटन गर्दै सन्थाल समुदाय पनि अव राज्यको मुलधारमा आउने बातावरण बन्नु पर्ने बताएका छन् ।
उनले सन्थाल समुदायले नराम्रा संस्कृतिलाई छोडेर राम्रो संस्कृतिको अनुसरण गर्दै सन्थाल समुदाय पनि यो समजामा अब्बल छ भन्ने कुराको सन्देस जान आवश्यक रहेको बताए ।
उनले आदिवासी सन्थाल समुदायको शिक्षाको विकास, भाषा, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा सधै साथ सहयोग गर्दै आएको दावी गरे ।
कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भटराई (राजन), वडा सदस्य राजु राजबंशी, सन्थाल उत्थान समाजका राष्ट्रिय अध्यक्ष सन्देस बेस्रा, जिल्ला अध्यक्ष लखन हेमरम, नेकपा एमाले वडा नम्बर १५ का अध्यक्ष चेतन विष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सोही अवसरमा निलकोठीमा रहेको खेल मैदान व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने ९ जना स्थानीय समाजसेवीहरुलाई समाजले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा भिमबहादुर लिम्बू, बुद्विमान लिम्बू, सरकार टुडु, निर्दास टुडु, जुतिन हेमरम, रमेश टुडु, बबाई बेस्रा, गणेश किस्कु र कात्तिकलाल सोरेन छन् । कार्यक्रममा विभिन्न समुहमा सन्थाल नित्य समेत प्रस्तुत गरिएको थियो ।
उवार सान्ठाउ युवा सन्थाल समाजका अध्यक्ष नितेश मुर्मुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रकासदिप सोरेनले र सञ्चालन सुमित्रा मुर्मुले गरेकी थिइन् ।
Discussion about this post