बिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याउर निर्वाचित भएका हुन् ।
उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गरेका छन् । न्यौपाने ७०५ मतको अन्तरले विजयी भएका छन् ।
बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको छ । केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरु विजय भएका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्य वाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको छ ।
Discussion about this post