२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

फाल्गुन २०, २०८०, १:२१ .आइतवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा, २० फागुन । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् ।

पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ ।

पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए ।

पाकिस्तान मुस्लिम लिग–नवाज हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो भएको थियो । तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो ।

पार्टीले चुनाव लड्न नपाए पनि तहरीक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् । पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो ।

शेहराज सरिफ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । यसअघि अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्रीबाट हटाएर उनी १६ महिना प्रधानमन्त्री बनेका थिए । उनी पहिलो पटक प्रधानमन्त्री बन्दा उनका दाजु तथा पूर्व प्रधानमन्त्री नवाज सरिफ देशमा उपस्थित थिएनन् ।

तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफ लण्डनमा थिए र त्यतिबेला उनको हैसियत चुनाव लड्न वा कुनै सरकारी पदमा बस्न योग्य नभएको सजाय पाएको अपराधीको जस्तो थियो ।

तर यसपटक नेशनल एसेम्ब्लीमा प्रधानमन्त्रीका लागि भएको मतदानका क्रममा शाहबाज सरिफ प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा बसिरहेका बेला नवाज सरिफ उनको नजिकै सदनमा उपस्थित थिए ।

नेशनल एसेम्ब्लीको सदस्यका रूपमा नवाज शरिफले आफ्ना भाइ शहबाज सरिफलाई दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेको हेरिरहेका थिए ।

सन् १९९७ पछि नवाज सत्तामा थिए । नवाज सरिफ चुनाव जितेर पनि प्रधानमन्त्री बन्न सकेनन् भन्ने कहिल्यै भएन । उनी हरेक पटक प्रधानमन्त्री बने र शाहबाज सरिफ पञ्जाब प्रान्तको मुख्यमन्त्री भए । शाहबाजले करिब तेह्र वर्ष पञ्जाबमा मुख्यमन्त्रीको रूपमा शासन गरेका थिए ।

पछिल्लो समाचार

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनलमा

अघिल्लो समाचार

भत्कियो सत्ता गठबन्धन, एमालेसहितको सरकार बन्ने

Related Posts

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner -1

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.