झापा, २१ फागुन । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् ।
आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
वि.सं.२०२९ फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो ।
सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ । तत्कालीन विद्रोही माओवादीले जनयुद्धको पहिलो शहिद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गते र सुखानी हत्याकाण्डको दिन फागुन २१ गतेलाई समेटेर ८ दिनसम्म शहिद सप्ताहका रूपमा मनाउने गर्दछ ।
तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा बन्दा पनि नेता–कार्यकर्ताहरुले सुखानी स्मृति दिवस मनाएका थिए ।
सत्ता गठबन्धन भत्किएपछि देशमा राजनीतिक महोल अर्कै भएका कारण एमालेका शिर्षनेताहरु सुखानीमा आउन सक्ने अवस्था छैन । तर, पनि जिल्लाका नेताहरुले स्मृति दिवस मनाउँने भएका छन् ।
Discussion about this post